logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • १० अंकले घट्यो नेप्से, १७४ कम्पनीको शेयर भाउमा गिरावट

    १० अंकले घट्यो नेप्से, १७४ कम्पनीको शेयर भाउमा गिरावट

    234
    SHARES
    १० अंकले घट्यो नेप्से, १७४ कम्पनीको शेयर भाउमा गिरावट

    काठमाण्डौ । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ०७ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर भाउ बढेको छ भने १७४ कम्पनीको शेयर भाउ घटेको छ ।



    आज दिनभरिमा ३३७ कम्पनीको ७९ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको १८ करोड ७७ लाख रुपैयााको शेयर कारोबार भउको छ । एसवाई प्यानलको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले ९ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ३ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाइब्रिट फन्ड एल २ का इकाईधनीले २ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् । आज बजारमा ८० कम्पनीको शेयरभाउ बढेको छ भने १७४ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    हिमालयन रिइन्स्योरेन्सः ३७ करोड ६८ लाख रुपैयाँ
    सहास ऊर्जाः १८ करोड ७७ लाख रुपैयाँ
    एसवाई प्यानलः १८ करोड ५४ लाख रुपैयाँ
    युनियन हाइड्रोपावरः १४ करोड ८९ लाख रुपैयाँ
    माउन्टेन इनर्जीः ७ करोड ४८ लाख रुपैयाँ
    झापा इनर्जीः ७ करोड ८ लाख रुपैयाँ
    होटल फरेष्ट इनः ७ करोड ७ लाख रुपैयाँ
    रिलायन्स स्पिनिङ मिल्सः ७ करोड ६ लाख रुपैयाँ
    आँखुखोला जलविद्युतः ६ करोड २ लाख रुपैयाँ
    सीईडीबी होल्डिङ्सः ५ करोड ८३ लाख रुपैयाँ


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट