logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • शैक्षिक विकासमा विश्व बैंकले सघाउने

    शैक्षिक विकासमा विश्व बैंकले सघाउने

    208
    SHARES
    शैक्षिक विकासमा विश्व बैंकले सघाउने

    काठमाण्डौ । विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताएका हुन्।



    त्यस अवसरमा उनीहरुबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।
    दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

    मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख ‘एजेन्डा’का रूपमा अघि बढाइएको बताए।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट