काठमाण्डौ । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । यस दिन सेयर बजार दोहोरो अंकले बढेको हो । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २६.५५ अंकले बढेर २६८८.६३ बिन्दुमा उक्लिएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
कारोबार अवधिभर ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच भयो । यसदिन ८ अर्ब ५४ करोड ४३ लाख ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन (आइतबार) ६ अर्ब २३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । कुल १३ उपसूचकमध्ये ११ उपसूचकमा हरियाली छायो भने एउटा सूचक घट्यो । म्युचुअल फण्ड समूह भने स्थिर रह्यो ।
यस दिन ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच भयो । २१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनीको घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढोत्तरी भएको हो । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य पनि सर्किट लेभलमा कारोबार भयो ।
यता बलेफी हाइड्रोपावरको मूल्य भने सर्वाधिक ९.९९ प्रतिशतले घट्यो । कारोबार रकमको आधारमा पनि बलेफी हाइड्रोपावर नै अग्रस्थानमा देखिएको छ । कम्पनीको २० करोड १२ लाख रुपैयाँको सेयर किनबेच भयो । सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढोत्तरी भएको हो ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य पनि सर्किट लेभल अर्थात् १० प्रतिशत हाराहारी बढ्यो । त्यसैगरी, गुँरास लघुवित्त, सुपर मादी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट, सामुदायिक लघुवित्त लगायत २१२ कम्पनीको सेयर मूल्य बढ्यो ।
अर्थ चाैतारी ।