logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    637
    SHARES
    विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) आज आइतबार बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो। एफपीओ बाँडफाँट कार्यक्रममा बिहान ८ बजे राखिएको थियो।



     

    विन नेपाल लघुवित्तले गत चैत २१ गतेदेखि चैत २६ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२.५ कित्ता शेयर जारी गरेको थियो। धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार १९ लाख २३ हजार ४९० जनाले २ करोड २१ लाख ७६ हजार ८४० कित्ता खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये १९ लाख २० हजार ९३९ जनाबाट परेको २ करोड २१ लाख ४३ हजार ४८० कित्ता शेयर खरिद आवेदन सदर भएको छ।

     

    मागभन्दा बढी आवेदक परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ५ हजाुर १२९ आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १९ लाख १५ हजार ८१० आवेदकको हात खाली भएको छ। यो एफपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक तथा धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको मेरो शेयर iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

     

    हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने भने सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट