काठमाण्डाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकलको शेयर कारोबार सुचारु भएको छ। आज आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको कारोबार भएर कम्पनीको कारोबार सुचारु भएको हो ।
कम्पनीको पहिलो कारोबार २७० रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९०.१७ रुपैयाँ देखि २७०.५१ रुपैयाँको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने व्य्वात्षा थियो। तर पहिलो कारोबार २७० रुपैयाँमा भएको हो। कम्पनीको शेयर OMPL सिम्बलबाट कारोबार भएको छ।
गत बुधबार नेप्सेमा कम्पनीको शेयर सूचीकृत भएको थियो। कम्पनीले फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाएका थिए ।
यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।
अर्थ चाैतारी ।