logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ

    सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ

    624
    SHARES
    सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ

    काठमाण्डौ । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण रकम नतिरेपछि प्रहरीले कृष्ण कुमार अर्याललाई पक्राउ गरेको छ ।



     

    ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । ऋण नतिरेर अटेर गरेपछि सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाण्डौ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।

     

    २०८० असार २७ मा काठमाण्डौ जिल्ला अदालतले उनलाई रकम भुक्तानी गर्न आदेश गरेपनि अर्याल अटेर गरेर बसेका थिए । अर्याल नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, ८ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट