logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • बैंकको सफलताको आधार समर्पित सेवा : एनआईसी एशिया बैंकले गर्‍यो कर्मचारी सम्मान

    बैंकको सफलताको आधार समर्पित सेवा : एनआईसी एशिया बैंकले गर्‍यो कर्मचारी सम्मान

    884
    SHARES
    बैंकको सफलताको आधार समर्पित सेवा : एनआईसी एशिया बैंकले गर्‍यो कर्मचारी सम्मान

    काठमाण्डौ । एनआईसी एशिया बैंक कर्मचारी संघले १६औं स्थापना दिवसको अवसरमा संस्थामा लामो समयदेखि समर्पित सेवा पुर्याएका कर्मचारीहरूको सम्मानमा कार्यक्रम सम्पन्न गरेको छ ।



    सप्ताहव्यापी रूपमा विभिन्न प्रदेशमा आयोजित कार्यक्रममार्फत १० वर्ष वा सोभन्दा बढी समय सेवा दिएका कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको संघले जनाएको छ ।

    कार्यक्रम कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि चाँडै यस्ता सम्मान कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

    संघका अनुसार यस्ता कार्यक्रमले कर्मचारीको मनोबल अभिवृद्धि गर्नुका साथै संस्था र कर्मचारीबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिइएको छ । भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रम निरन्तर आयोजना गर्दै कर्मचारी हितमा कार्य गरिने प्रतिबद्धता संघले व्यक्त गरेको छ ।

    एनआईसी एशिया बैंकका ती समर्पित कर्मचारीहरूलाई सम्मान गर्नु संस्थाको सफलतालाई मूल्यांकन गर्ने प्रेरणादायी कदमका रूपमा लिइएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ११ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट