logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    728
    SHARES
    मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाण्डौ । मकरी गाड हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ५९ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



     

    प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५९ लाख ४० हजार कित्ता साधारण सेयर जारी गर्न लागिएको हो । यस सन्दर्भमा मकरी गाड हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

     

    मकरी गाड हाइड्रोपावर लिमिटेडले दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका–५ स्थित मकरी खोलाको पानी उपयोग गरी १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट