काठमाण्डौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ रहेको कम्पनीले जनाएको छ । हाल यस सेयर कम्पनीका संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् ।
सेयर किन्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।
अर्थ चाैतारी ।