logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले आजदेखि प्रति इकाई ११.३० रुपैयाँ फिर्ता पाउने

    सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले आजदेखि प्रति इकाई ११.३० रुपैयाँ फिर्ता पाउने

    507
    SHARES
    सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले आजदेखि प्रति इकाई ११.३० रुपैयाँ फिर्ता पाउने

    काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेड (साबिकको सि.बि.आई.एल. क्यापिटल लि.) ले संचालन गरि हाल खारेजीमा गएको म्युचुअल फण्ड योजना “सिटिजन्स म्युचुअल फण्ड १” योजनाले आजदेखि इकाईधनीको रकम फिर्ता गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सो योजना २०८१ फाल्गुण १९ गतेका दिन परिपक्व हुने थियो।



     

    अब भने क्यापिटलले आज जेठ २७ गतेदेखि इकाईधनीले प्रतिफल समेतको रकम फिर्ता गर्ने भएको छ। फण्डको अन्तिम प्रति इकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ३० पैसा कायम भएको छ। अब इकाईधनीहरुले प्रति इकाई ११ रुपैयाँ ३० पैसाको दरले रकम फिर्ता पाउने छन् । इकाईधनीले आफ्नो डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा यो रकम फिर्ता पाउने छन् ।

     

    प्रति इकाई अंकित मुल्य रु.१०/- दरका ८,२०,००,००० (आठ करोड बीस लाख) इकाईहरु रहेको सो योजना ७ वर्षे बन्दमुखी योजना थियो । जसमा योजनाले आर्थिक वर्ष २०७७/७८ मा ४० प्रतिशत लाभांश दिएको थियो, जुन सबैभन्दा धेरै थियो। योजनाले इकाईधनीलाई वार्षिक औसत १२ प्रतिशत प्रतिफल दिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट