logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नक्कली सुनका गहना राखेर ११ लाख ऋण लिइन्, थप्न जाँदा पक्राउ परिन्

    नक्कली सुनका गहना राखेर ११ लाख ऋण लिइन्, थप्न जाँदा पक्राउ परिन्

    754
    SHARES
    नक्कली सुनका गहना राखेर ११ लाख ऋण लिइन्, थप्न जाँदा पक्राउ परिन्

    काठमाण्डौ । नक्कली सुनका गहना राखेर ११ लाख रुपैयाँ ऋण लिने महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भई भक्तपुरको राधे राधे बस्ने ४२ वर्षकी दिलमाया मगर रहेकी छन्।



     

    उनले २०८२ असार १० गते काठमाडौँको बुद्धनगरस्थित सुनचाँदी पसलमा नक्कली सुनका गहना राखेर ११ लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर उनले बिल भने सुनचाँदी पसलबाटै बनाएका पेस गरेकी थिइन्। असार १५ गते दिउँसो अझै ऋण आवश्यक परेको भन्दै थप गहना लिएर जाँदा उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

     

    प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई गहनासहित पक्राउ गरेको छ। उनलाई ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ।

     

    उनले प्रहरीको पोसाक प्रयोग गरी नक्कली प्रहरी बनेर विभिन्न व्यवसायीहरूलाई डर त्रास देखाउने काम गरेको समेत प्रहरीको दाबी छ। उनको साथबाट प्रहरीले पहेँलो धातुबाट बनेका माइली तिलहरी १२ थान, छड्के तिलहरी १६ थान, विभिन्न सुनचाँदी पसलका बिलहरू १७ थान समेत बरामद गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट