logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • विनोद चौधरीको सिजी ग्रुपले नेपालमै बिकाजी भुजिया उत्पादन गर्ने, ५०–५० को साझेदारीमा उद्योग स्थापना हुने

    विनोद चौधरीको सिजी ग्रुपले नेपालमै बिकाजी भुजिया उत्पादन गर्ने, ५०–५० को साझेदारीमा उद्योग स्थापना हुने

    689
    SHARES
    विनोद चौधरीको सिजी ग्रुपले नेपालमै बिकाजी भुजिया उत्पादन गर्ने, ५०–५० को साझेदारीमा उद्योग स्थापना हुने

    काठमाण्डौ । भारतीय लोकप्रिय स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल अब नेपालमै उत्पादन गर्न लागिएको छ। नेपाली व्यवसायी विनोद चौधरीको सिजी कर्प ग्लोबल सँग ५०–५० प्रतिशत साझेदारीमा कम्पनीले नेपालमा भुजिया, नमकीन, पापड र प्याकेजिङ मिठाइ उत्पादन गर्ने तयारी गरेको हो।



    बुधबार सार्वजनिक गरिएको संयुक्त जानकारी अनुसार, सिजी कर्प ग्लोबल र बिकाजी फुड्सले नेपालमा संयुक्त उद्यममार्फत उत्पादन र वितरण कार्य प्रारम्भ गर्नेछन्। यससँगै, अब नेपालमा बिकाजी ब्रान्डका उत्पादनहरू स्थानीय रूपमा उत्पादन भएर बजारमा आउने छन्।

    साझेदारी पत्रमा हस्ताक्षरपछि सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले भने, “यो सहकार्यले हाम्रो स्थानीय क्षमताहरू विस्तार गर्दै नेपालमा विश्वस्तरीय खाद्य नवप्रवर्तन ल्याउने हाम्रो प्रतिबद्धता पुष्टि गर्छ।”

    त्यस्तै, बिकाजी फुड्सका प्रबन्ध निर्देशक दीपक अग्रवालले भने, “नेपालमा गरिएको यो संयुक्त उद्यम बिकाजीको अन्तर्राष्ट्रिय विस्तार यात्रामा महत्वपूर्ण कोसेढुङ्गा हो। यसले नेपालको बजारप्रति हाम्रो गहिरो विश्वास दर्शाउँछ।”

    एफएमसीजी बजारमा तीव्र प्रतिस्पर्धा

    नेपालको द्रुत रूपमा बढ्दै गरेको दैनिक उपभोग्य वस्तु (एफएमसीजी) बजारमा प्रतिस्पर्धा तीव्र बनेको छ। लगानी बोर्ड नेपालका अनुसार, करिब ३ करोड जनसंख्या र तीव्र शहरीकरणका कारण नेपालको एफएमसीजी क्षेत्र वार्षिक २० प्रतिशतको दरले विस्तार भइरहेको छ, जसको हालको बजार मूल्य १ अर्ब अमेरिकी डलरभन्दा बढी अनुमान गरिएको छ।

    बिकाजीका मुख्य प्रतिस्पर्धी हल्दिराम्स इण्डिया लिमिटेडले समेत नेपालमै उद्योग स्थापना गरेर वीरगञ्जमा उत्पादनको अन्तिम तयारी गरिरहेको छ। मूल्य प्रतिस्पर्धालाई ध्यानमा राख्दै बिकाजीले नेपाली बजारमा बलियो उपस्थिति कायम राख्न चौधरी समूहसँग सहकार्य गरेको हो।

    हाल हल्दिराम्सका उत्पादनहरू नेपालमा डिभी ग्रुप (अध्यक्ष विश्वनाथ प्रसाद साह) मार्फत आयात र वितरण हुँदै आएका छन्।


    अर्थ चाैतारी
  • विहिबार, ८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट