logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा १० प्रतिशत छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा १० प्रतिशत छुट

    988
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा १० प्रतिशत छुट

    काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।



    यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

    उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट