काठमाण्डौ । आइहब प्रा.लि.ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्ने तयारी गरेको छ।
एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुनेछ, जसमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहनेछ।
सेग्वेले ई-स्कूटर, ई-बाइक र ई-साइकल गरी विभिन्न मोडेलहरू सार्वजनिक गर्नेछ, जसले शहरी दैनिक प्रयोगलाई ध्यान दिनेछ।
काठमाडौँ । आइहब प्रा.लि., सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ ।
राजधानी काठमाडौँको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन्। यी मोडेलहरू सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।
‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी./घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ। ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी./घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ ।
‘सेग्वे जाइबर ई–बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी./घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ । यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी./घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्म चल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
अर्थ चाैतारी ।