logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • एनपीएल अक्सनः ३७ खेलाडी किन्न ८ टिमले खर्च गरे १ करोड ८९ लाख, सबैभन्दा धेरै चितवनको

    एनपीएल अक्सनः ३७ खेलाडी किन्न ८ टिमले खर्च गरे १ करोड ८९ लाख, सबैभन्दा धेरै चितवनको

    455
    SHARES
    एनपीएल अक्सनः ३७ खेलाडी किन्न ८ टिमले खर्च गरे १ करोड ८९ लाख, सबैभन्दा धेरै चितवनको

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनि अक्सनमा ८ फ्रेन्चाइजी टोलीले ३७ खेलाडी किन्न १ करोड ८९ लाख खर्च गरेका छन् । शनिबार सम्पन्न अक्सनमा टोलीहरूले आफूले रिटेन गरेका बाहेक पाँच–पाँच खेलाडी किन्न पाउने अवसर थियो । त्यसका लागि सबै टोलीलाई आफ्नो रिटेन खेलाडीको शूल्क हेरेर पर्स मनि खर्च गर्न दिएको थियो ।



    अक्सनमा श्रेणी ‘ए’ न्यूनतम १० लाख हुँदै अधिकतम १५ लाखसम्म जान पाउने नियम थियो । त्यस्तै श्रेणी ‘बी’ न्यूनतम ५ लाख हुँदै अधिकतम १० लाखसम्म जाँदा श्रेणी ‘सी’ न्यूनतम २ लाख हुँदै अधिकतम ५ लाखसम्म जान पाउने नियम एनपीएलले गरेको थियो । अक्सनमा १० खेलाडीलाई बढीमा ९० लाख खर्चिन पाउने नियम थियो । जसअनुसार टिमहरूले पहिले नै मार्की खेलाडीसँगै पाँच खेलाडी रिटेन गरेको पैसा घटाएर खर्च गर्न पाउने व्यवस्था गरेको थियो ।

    यो सिजन हरेक फ्रेन्चाइज टोलीमा कुल १६ खेलाडी हुनेछन् । चार विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टबाट आउनेछन् । अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टोली चितवन राइनोज बनेको छ । टिमको पर्स मनी पनि धेरै भएका कारण चितवनले ३९ लाख खर्च गर्दै गरेको थियो । चितवनले देव खनाल र अर्जुन साउदलाई १५–१५ लाखमा किन्दा खर्च धेरै आएको हो । त्यस्तै काठमाडौं गुर्खाजले ३७ लाखमा ५ खेलाडी किन्यो ।

     

    सबैभन्दा कम खर्च गरेको पोखरा एभेन्जर्सले ११ लाख खर्च गर्दै ४ खेलाडी अनुबन्ध गर्‍यो । यता सन्दीप लामिछानेको विराटनगर किंग्सले २७ लाखमा ५ खेलाडी भित्र्यायो । गत सिजन अस्कसनमा लक्की भएको लुम्बिनी लायन्सले ३२ लाखमा ५ खेलाडी अनुबन्ध गर्‍यो । जसमा दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, अदिल खान र दुर्गेश गुप्ता छन् । बाँकी रकम १३ लाख २५ हजार छ । साबिक विजेता जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दै चार खेलाडी किन्यो । यता चर्चित टोली कर्णाली याक्सले २९ लाखमा पाँच खेलाडी किन्न सफल भयो । जसमा पवन सर्राफलाई १५ लाखमा खरिद गरेको थियो । यता साविकको उपवजितेता सुदूरपश्चिम रोयल्सले २४ लाखमा हेमन्त धामीसहित ५ खेलाडीलाई टोलीमा अनुबन्ध गर्न सफल भयो ।

     

    कुन टोलीले कति रकममा कुन खेलाडी किने?
    काठमाडौं गोर्खाज
    कूल खर्चः ३७ लाख
    बाँकी रकमः ६ लाख
    मोहम्द आदिल आलमः १५ लाख, सन्तोष यादवः १० लाख, आकाश त्रिपाठीः ७ लाख, उत्तम थापा मगरः ३ लाख र तुल बहादुर थापाः २ लाख


    चितवन राइनोज
    कूल खर्चः ३९ लाख
    बाँकी रकमः १९ लाख
    देव खनालः १५ लाख, अर्जुन साउदः १५ लाख, विपीन रावलः ५ लाख, विपीन आचार्यः २ लाख, रञ्जित कुमारः २ लाख


    विराटनगर किङ्स
    कूल खर्चः २७ लाख
    बाँकी रकमः १८ लाख ५० हजार
    सूर्य तामाङः १० लाख, शहिल पटेलः ५ लाख, नरायण जोशीः ५ लाख, शंकर रानाः ५ लाख, श्रवण किस्कुः २ लाख


    लुम्बिनी लायन्स
    कूल खर्चः ३२ लाख
    बाँकी रकमः १९ लाख
    दिलिप नाथः १० लाख, शेर मल्लः १० लाख, विशाल पटेलः ५ लाख, दुर्गेश गुप्ताः ५ लाख र आदिल खानः २ लाख


    जनकपुर बोल्ट्स
    कूल खर्चः १९ लाख ७५ हजार
    बाँकी रकमः १३ लाख २५ हजार
    मयन यादवः ७ लाख ७५ हजार, आदित्य महताः ५ लाख, विशाल अग्रिः ५ लाख र सचिन भट्टः २ लाख


    पोखरा एभेन्जर्स
    कूल खर्चः ११ लाख
    बाँकी रकमः २५ लाख ५० हजार
    अर्जुन कुमालः ५ लाख, अविशेक तिवारीः २ लाख, कृष्ण पौडेलः २ लाख, सन्दीप खत्री क्षेत्रीः २ लाख


    कर्णाली याक्स
    कूल खर्चः २९ लाख
    बाँकी रकमः १८ लाख
    पवन सर्राफः १५ लाख, युवराज खत्रीः १० लाख, इमरान शेखः २ लाख, दीपक डुम्म्रेः २ लाख


    सुदूरपश्चिम रोयल्स
    कूल खर्चः २४ लाख
    बाँकी रकमः १७ लाख ५० हजार
    हेमन्त धामीः १० लाख, दीपक बोहराः ५ लाख, मिलन बोहराः ५ लाख, टेक बहादुर रावतः २ लाख, दिपेन्द्र थापाः २ लाख


    अर्थ चाैतारी
  • २०८२ साउन २५, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट