logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  •  भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन

     भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन

    910
    SHARES
     भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन

    काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाख अवलोकन गरेका छन् ।



     

    ६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको अध्यक्षले दाबी गरिन् ।

     

    नाइमाले पहिलो पटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उल्लेख्य रूपमा अवलोकनकर्ताको सहभागिता जनाएका हुन् ।त्यस्तै एक्स्पोमा कम्पनीहरूले गाडी खरिदमा अफरै–अफर दिएपछि बुकिङ पनि राम्रो भएको कम्पनीहरूले जनाएका छन् ।

     

    पहिलो प्रयासमै नाइमाले १ लाख अवलोकनकर्ता आउँदा नाइमाको सफलता भएको बताइन । एक्स्पोमा ५० भन्दा बढी कम्पनीको सहभागिता भएर ३५ सवारी साधनको लन्च भएको थियो ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट