काठमाण्डौ । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् ।
साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् । यद्यपि उक्त पार्टीले आफ्नो विरोध जारी राखेको छ ।
अर्थ चाैतारी ।