काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २२.१५ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब २३ करोड रुपैयाँ थियो।
यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १० प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यो रकम ११ अर्ब ६१ करोड रुपैयाँ थियो। कुल सञ्चालन आम्दानी पनि ४.७२ प्रतिशतले घट्दै १२ अर्ब ५२ करोड रुपैयाँमा झरेको छ।
सञ्चालन नाफा भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको २ अर्ब ८८ करोड रुपैयाँबाट ८८.४१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ। खराब कर्जा दर ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ।
चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २३ अर्ब ३७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ। बैंकले २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ र ३ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
वितरणयोग्य नाफा अघिल्लो वर्ष ७ अर्ब ४४ करोड रुपैयाँ ऋणात्मक रहँदा गत वर्ष घटेर ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मकमा झरेको छ।
अर्थ चौतारी ।