logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा १५.५९ अंकको गिरावट, ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार

    सेयर बजारमा १५.५९ अंकको गिरावट, ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार

    1K
    SHARES
    सेयर बजारमा १५.५९ अंकको गिरावट, ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार

    काठमाण्डौ । सेयर बजार परिसूचक घटेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो । बजारमा आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो।



     

    बजारमा कारोबार भएकामध्ये कुल ३९ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ४५ हजार सेयर किनबेच भएका छन् बजारमा आज हिमस्टार हाइड्रोमा ९.९९% को वृद्धि सहित ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, यूनियन हाइड्रोको मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

     

    आजको बजारमा लिबर्टी इनर्जीले सबैभन्दा धेरै ६.९९% को गिरावट सहित २१८.७३ रुपैयाँमा कारोबार बन्द गरेको छ । छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशत गिरावट बेहोरेका छन्। आजको बजारमा युनियन हाइड्रोपावरले सर्वाधिक ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। दोस्रोमा लिबर्टी इनर्जीले २७ करोड ३८ लाखको कारोबार गर्‍यो । नेपाल पुनर्बीमा कम्पनीले २६ लाखको १५ कारोबार गर्दै तेस्रो स्थानमा रह्यो ।

     

     

    बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट हाइड्रो सूचकको ०.९३ प्रतिशत रहेको छ । आज बजारका सबैजसो सूचक वृद्धि, गिरावट, कारोबार लगायतमा हाइड्रो समूहका कम्पनीले लिड गरेको देखिन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट