काठमाण्डौ। जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते शेरबहादुर देउवा दम्पतीलाई सेनाले घरबाट निकाले पनि अस्पताल लैजान सकेको छैन ।
बूढानीलकण्ठस्थित देउवा निवास पुगेका आन्दोलनकारीले तोडफोड र आगजानी गरेका थिए । सोक्रममा उनीहरू घरभित्रै थिए । प्रदर्शनकारीको कुटाइबाट उनीहरू दुवैजना घाइते छन् ।
प्रदर्शनकारीको अवरोधका कारण देउवा र आरजुलाई अस्पताल लैजान नसकिएको सुरक्षा अधिकारीले बताएका छन् ।
उनीहरूलाई घर नजिकै बारीमा सेनाले घेरेर राखेको छ । हेलिकप्टरर अवतरण हुन नसकेपछि सेनाले बल प्रयोग गर्न लागेको छ । हेलिकप्टर आकाशमा उडिरहेको छ ।
अर्थ चौतारी ।