logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • पदभार ग्रहणमा अर्थमन्त्रीलाई र्‍याखर्‍याख्ती पारेपछि…

    पदभार ग्रहणमा अर्थमन्त्रीलाई र्‍याखर्‍याख्ती पारेपछि…

    650
    SHARES
    पदभार ग्रहणमा अर्थमन्त्रीलाई र्‍याखर्‍याख्ती पारेपछि…

    काठमाण्डौ । सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल पदभार ग्रहण कार्यक्रममा एउटा अचम्मको दृश्य देखियो । सबै कर्मचारीहरूले मन्त्री खनाललाई बधाई दिइसकेपछि अन्तिममा आफ्नो धारणा राखिरहेका खनाललाई बीचमा रोक्दै एक जना सर्वसाधारणको प्रवेश भयो ।



    मन्त्री बोल्दै गर्दा मन्त्रीको पछाडि हात बाँधेर बसिरहेका ती व्यक्तिले बीचमै एउटा कुरा राख्छु भन्दै भने, ‘यसअघि तपाईं नै अर्थ सचिव हुनुहुन्थ्यो, बजेट राम्रोसँग विनियोजन भएन, गाउँमा विकास भएन ।’ मन्त्री खनालले भने उनलाई बीचमै रोक्दै तपाईंसँग पछि कुरा गर्छु रोक्नुस् भनेर आग्रह गरे । तर, ती व्यक्तिले थप प्रश्न गर्न थाले– ‘तपाईं आफै अर्थमन्त्री बनेर यो कुर्सीमा बस्नु भएको होइन, जनताले बनाएका हुन्, जवाफ दिनुपर्छ।’

     

    माहोल बिग्रिने संकेत देखिएपछि अर्थमन्त्रालयका एक उच्च अधिकारीले कार्यक्रम समापन गर्न उद्घोषकलाई संकेत दिए । उद्घोषकले पनि कार्यक्रम यही समापन भएको घोषणा गरे । बोलिरहेका अर्थमन्त्री खनाल थप बोल्न पाएनन् । ती व्यक्ति पनि बाहिर निस्किए ।


    अर्थ चाैतारी
  • २०८२ भदाै ३०, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट