logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • हुम्लाको सर्केगाड र चंखेलीमा टेलिकमले थाल्यो टुजी र फोरजी सेवा

    हुम्लाको सर्केगाड र चंखेलीमा टेलिकमले थाल्यो टुजी र फोरजी सेवा

    247
    SHARES
    हुम्लाको सर्केगाड र चंखेलीमा टेलिकमले थाल्यो टुजी र फोरजी सेवा

    काठमाण्डौ । नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा टुजी र फोरजी सेवा सञ्चालन गरेको छ।



     

    टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यही भदौ २५ गतेबाट सेवा सञ्चालनमा ल्याएको बताएका हुन्। फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिकाका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू लाभान्वित भएका छन्।

     

    हुम्ला जिल्लाकै चंखेली गाउँपालिका-६ मा पनि नेपाल टेलिकमले यही भदौ २७ गतेबाट टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

     

    फोरजी सेवा सञ्चालनमा आएपश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिकाअन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन्। नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।


    अर्थ चाैतारी
  • २०८२ भदाै ३०, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट