logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर, यस्तो छ असोज महिनाको लागि नयाँ ब्याजदर

    ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर, यस्तो छ असोज महिनाको लागि नयाँ ब्याजदर

    247
    SHARES
    ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर, यस्तो छ असोज महिनाको लागि नयाँ ब्याजदर

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् ।



     

    विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ । बैंकहरूले त्यही रेञ्जभित्र रहेर विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर निर्धारण गरेका छन् ।

     

    त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ । खासगरी कम अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि धेरै ब्याजदर दिनेगरी बैंकहरूले नयाँ ब्याजदर तालिका बनाएका छन् ।

     

    उता संस्थागत मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तो खातामा ग्लोबल आर्ईएमईले सबैभन्दा धेरै ३.२५ प्रतिशत ब्याजदर तोकेको ६ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

     

    संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले धेरै ब्याजदर अफर गरेका छन् । अहिले एनएमबि, एनआईसी एशिया र हिमालयन बैंकले ५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । केही बैंकको ब्याजदर भने दीर्घकालका लागि समेत न्यून छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीमा जुनसुकै समयका लागि सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

    interest rate aswin


    अर्थ चाैतारी
  • २०८२ भदाै ३१, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट