logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • एनआईसी एशिया बैंकका ग्राहकले किरण आँखा अस्पतालमा उपचार गर्दा १०% सम्म छुट पाउने

    एनआईसी एशिया बैंकका ग्राहकले किरण आँखा अस्पतालमा उपचार गर्दा १०% सम्म छुट पाउने

    1.1K
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकले किरण आँखा अस्पतालमा उपचार गर्दा १०% सम्म छुट पाउने

    काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले वीरगञ्जमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।



     

    यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २२ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट