logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

    शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

    390
    SHARES
    शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

    काठमाण्डौ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे ।

     

    बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।

     

    समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट