logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • प्रहरीको फरार सूचिमा रहेका खगेन्द्रको नाम मन्त्रीको सूचिबाट हटाइयो

    प्रहरीको फरार सूचिमा रहेका खगेन्द्रको नाम मन्त्रीको सूचिबाट हटाइयो

    273
    SHARES
    प्रहरीको फरार सूचिमा रहेका खगेन्द्रको नाम मन्त्रीको सूचिबाट हटाइयो

    काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइएको छ । प्रहरीको खोजी सूचीमा रहेका उनको नाम मन्त्रीको सूचीबाट हटाइएको स्रोतको दाबी छ ।

    उनको नाम मन्त्रीका रुपमा सिफारिस भएको बाहिरिए पछि उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि उनको नाम हटाइएको हो । दैलेख घर भएका उनी आइतबार मन्त्रिपरिषदमा मन्त्रीका रूपमा सपथ ग्रहण गर्ने तयारीमा थिए । तर, उनको नाममा सुर्खेत जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीमा उल्लेख भएको सार्वजनिक पछि आलोचना भएको थियो ।

     

    अदालतले २०८१ साल असार २१ गते जारी गरेको पुर्जीमा जिल्ला दैलेख, नारायण नगरपालिका-२ का खेमबहादुर सुनार अर्थात् खगेन्द्र नाम गरेका व्यक्ति माथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोग लगाइएको उल्लेख छ । अदालतले जारी गरेको पुर्जीमा नेपाल सरकार विरुद्ध सार्वजनिक सम्पत्ति नोक्सानी तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दामा सुनारलाई पक्राउ गरी ७ दिनभित्र अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई आदेश दिइएको हो ।

     

    सो मुद्दा २०८१ साल असार १८ गते सुर्खेत स्थित एक अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणसँग सम्बन्धित थियो । त्यसक्रममा अस्पतालको सम्पत्ति तोडफोड र कुटपिटसम्बन्धी जाहेरी दर्ता भएको थियो । अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरे पनि उनी लामो समयसम्म फरार रहेको आरोप छ ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट