काठमाण्डौ । तिहार बिदापछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ । आज नेप्से परिसूचक ५ दशमलव १९ अंकले बढेर २,५०९ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड को शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसबिएल डिबेञ्चर २०८९ को २३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशमलव १६ प्रतिशतका दरले गुमाएका हुन् । नेप्से परिसूचक आइतबार ५.१९ अंकले बढेर २५०९.०४ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.०५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७२ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ९८ कम्पनीको शेयरभाउ बढ्दा १४६ कम्पनीको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
नेपाल पुनर्बीमा कम्पनीः ३२ करोड ४९ लाख रुपैयाँ
एसबीएल डिबेन्चर २०८९ः २३ करोड ६४ लाख रुपैयाँ
युनियन हाइड्रोपावरः १८ करोड ७० लाख रुपैयाँ
हिमालयन पावर पार्टनरः १० करोड ४८ लाख रुपैयाँ
हिमालयन डिस्टिलरीः ९ करोड ३५ लाख रुपैयाँ
शिवम सिमेन्टः ९ करोड ६ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ७ करोड ९२ लाख रुपैयाँ
नारायणी डेभलपमेन्ट बैंकः ६ करोड ८२ लाख रुपैयाँ
राधी विद्युतः ५ करोड ९५ लाख रुपैयाँ
सीईडीबी होल्डिङ्सः ५ करोड ८५ लाख रुपैयाँ