logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • तीन महिनामा आयात १९.७९ र निर्यात ८९.६४ प्रतिशत बढ्यो

    तीन महिनामा आयात १९.७९ र निर्यात ८९.६४ प्रतिशत बढ्यो

    156
    SHARES
    तीन महिनामा आयात १९.७९ र निर्यात ८९.६४ प्रतिशत बढ्यो

    काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे ५ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको वैदेशीक व्यापार २६.०४ प्रतिशतले बढेको छ ।

    साउनदेखि असाेज मसान्तसम्म ५ खर्ब ४० अर्ब ८६ कराेड ६१ लाख रूपैयाँ बराबरकाे वैदेशीक व्यापार भएकाे छ । गत आवकाे असाेज मसान्तसम्म ४ खर्ब २९ अर्ब १३ कराेड १० लाख रूपैयाँ बराबरकाे बैदेशीक व्यापार भएकाे थियाे । चालु ३ महिनामा वस्तु आयात ४ खर्ब ८६ अर्ब नाघेको छ । भदौसम्म ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशत बढी हो । अघिल्लो आव ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख बराबर वस्तु आयात भएको थियो ।

     

    तीन महिनामा निर्यात भने ८९.६४ प्रतिशतले वृद्धि भएको छ । असाेजसम्म ७२ अर्ब ७८ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष भदौसम्म ३८ अर्ब ३७ करोडको वस्तु निर्यात भएको थियो । तीन महिनाको तथ्यांक हेर्दा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ छ । कुल वैदेशिक व्यापार २६ प्रतिशत बढ्दा पनि व्यापार घाटा भने १२.१८ प्रतिशतमात्र बढेको छ ।

     

    कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.५४ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ४.९६ प्रतिशत कम हो । निर्यात हिस्सा १३.४६ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५०.४७ प्रतिशतले धेरै हो ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट