काठमाण्डौ । भारतीय बजारमा लोकप्रिय बजाज चेतक इलेक्ट्रिक स्कुटरको नयाँ मोडल परीक्षण चरणमा देखिएको छ। क्यामोफ्लाज गरिएको मोडलको तस्बिरले यसको नयाँ डिजाइन र फिचरहरूबारे स्पष्ट संकेत दिएको छ।
नयाँ भर्सनमा एकीकृत एलईडी टेल लाइट, ब्रेक लाइट र टर्न सिग्नल, साथै अपडेटेड साइड बडी प्यानल र पछाडिको सिट जस्ता परिवर्तन देखिएका छन्।
चार्जिङ पोर्टको स्थान परिवर्तन हुनसक्ने र ‘टायर हगर’ र नयाँ नम्बर प्लेट होल्डर थपिएका छन्।
अगाडिको एलईडी हेडलाइट र डीआरएल वर्तमान मोडलसँग मिल्दोजुल्दो भए पनि “Chetak” शब्द स्पष्ट देखिने गरी हाउजिङ परिमार्जन गरिएको छ। ह्यान्डलबारमा टर्न इन्डिकेटर र नयाँ स्विच डिजाइन पनि यसको विशेषता हुन्।
सस्पेन्सनमा ट्विन टेलिस्कोपिक फोर्क अगाडि र ट्विन शक पछाडि प्रयोग हुने अनुमान छ।
पावरट्रेनतर्फ, यसमा अपडेटेड ब्याट्री प्याक रहने र पूर्ण चार्जमा करिब १५० किलोमिटर रेन्ज दिने अपेक्षा गरिएको छ।