logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • नेपाल बैंकबाट उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा सुविधा सुरु

    नेपाल बैंकबाट उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा सुविधा सुरु

    364
    SHARES
    नेपाल बैंकबाट उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा सुविधा सुरु

    काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनका लागि ‘शैक्षिक कर्जा’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले उक्त योजनामार्फत विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक ट्युसन शुल्क र अन्य खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउने जनाएको छ।

     

    यस योजनाअन्तर्गत विद्यार्थीहरूले ट्युसन शुल्कको १०० प्रतिशतसम्म कर्जा लिन सक्ने सुविधा पाउनेछन्। साथै, स्थिर र परिवर्तनीय ब्याजदर दुवै विकल्प उपलब्ध गराइएको छ।

     

    नेपाल बैंकले यो योजनालाई सरल प्रक्रिया, सुलभ ब्याजदर र संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने प्रणाली सहित लागू गरेको हो।

     

    नेपालको पहिलो बैंकका रूपमा निरन्तर सेवा दिइरहेको नेपाल बैंकले ग्राहकमैत्री र विश्वसनीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ।

     

    शैक्षिक कर्जासम्बन्धी थप जानकारीका लागि विद्यार्थीहरूले २४ घण्टा सञ्चालन हुने कल सेन्टर (०१–५९७१२२२) वा टोल–फ्री नम्बर १६६००१३७३७३ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

     


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट