logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • दोस्रो पटक मिले विवेकशील र साझा पार्टी

    दोस्रो पटक मिले विवेकशील र साझा पार्टी

    • GP Paudel
    • बुधबार, २४ मंसिर २०७७
    2.7K
    SHARES
    दोस्रो पटक मिले विवेकशील र साझा पार्टी

    नेपाल ज्योति-फुटको दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल एक भएका छन्। २०७५ पुसमा फुटेका दुई दलबीच आज बुधबार एकता भएको हो। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ।



    एकीकरणपत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।

    एकिकरणपछि पार्टीको अध्यक्षमा मिश्र रहनेछन् भने राष्ट्रिय संयोजकको जिम्मेवारी पाण्डेले सम्हाल्नेछन्। यी दुई पार्टी अलग अलग स्थापना भएका थिए। बीचमा दुई दलबीच एकीकरण भएको थियो। तर उनीहरु विभाजित भएका थिए।

    पार्टी घोषणा कार्यक्रममा यसअघि भएको फुटप्रति मिश्र र पाण्डेले माफी मागेका छन्। उनीहरुले विवेकशील साझा पार्टीलाई वैकल्पिक नभएर निर्विकल्प पार्टी बनाउने उद्घोष गरेका छन्।


    GP Paudel
  • बुधबार, २४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट