logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • बैंकिङ कसुरमा जेलमा रहेका पूर्वबैंकर कमल ज्ञवालीलाई छोड्न सर्वोच्चको परमादेश

    बैंकिङ कसुरमा जेलमा रहेका पूर्वबैंकर कमल ज्ञवालीलाई छोड्न सर्वोच्चको परमादेश

    1.2K
    SHARES
    बैंकिङ कसुरमा जेलमा रहेका पूर्वबैंकर कमल ज्ञवालीलाई छोड्न सर्वोच्चको परमादेश

    काठमाण्डौ । बैंकिङ कसुरमा जेल परेका साबिकको किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली थुनामुक्त गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ । ज्ञवालीकी श्रमती गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीन मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा परमादेश जारी गरेको थियो ।



     

    गौरी खनाल ज्ञवालीले १० कात्तिकमा कारागार कार्यालय, डिल्लीबजार समेतलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाई गर्दै ११ कात्तिकमा सर्वोच्चका न्यायाधीश मधराज पोखरेलले कारण देखाउ आदेश जारी गरेका थिए । सोही मुद्दामा सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा परमादेश जारी गरेसँगै पूर्व बैंकर ज्ञवाली जेलमुक्त हुने भएका हुन् ।

     

    ज्ञवालीलाई तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । पूर्व बैंकर ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई पनि बैंकिङ कसुरमा जेल सजाय सुनाएको थियो । कमल ज्ञवालीलाई अदालतले चार वर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय दिएको थियो । तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको थियो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

     

     

    गौरी खनलालाई सुरुमा पक्राउ गरी अनुसन्धान सुरु भएको थियो भने बैंकर ज्ञवाली फरार भए । सोही समयमा पक्राउ परेकी गौरी खनाल ज्ञवालीले सजाय पुरा गरिन् भने कमल ज्ञवाली भने २०७५ असोजमा मात्रै पक्राउ परेका थिए । अदालतले सुनाएको सजाय उनले अवज्ञा गरेकाले उनीमाथि थप सजाय भएको थियो ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट