logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना पक्राउ

    स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना पक्राउ

    1.7K
    SHARES
    स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना पक्राउ

    काठमाण्डौ । प्रहरीले स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र १८ वर्षीय धिरत प्रसाईं रहेका छन्।



     

    उनीहरूलाई प्रहरीले सप्तरीको घाईघाट–कदमाहा सडकखण्डमा नियन्त्रणमा लिएको हो। आइतबार राति दक्षिण कनमाहाबाट उत्तरतर्फ गाईघाट जाँदै गरेको बा.प्र. ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाईलेक्स गाडी रोकेर चेकजाँच गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

     

    उनीहरूको साथबाट १ हजार दरका १ हजार ३९९ थान र ५०० दरका ८०२ थान नोट बरामद गरिएको छ। साथै, टेकोन पम्प १०० थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियम ब्याट्री १ थान, ई–रिक्सा मोटर ३ थान, स्कूटर ब्याट्री चार्जर ७ थान, ब्याट्री टेस्टर १ थान र सानो हर्न स्पिकर १ थान समेत फेला परेको छ।

     

    पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूर अन्तर्गत सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट