काठमाण्डौ । जगदम्बा मोबाइल्सले विश्व प्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारीको कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो एक्सक्लुसिभ सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ।
३५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ शोरूमले नेपाली यात्रुहरुलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र ब्याकप्याकहरु उपलब्ध गराउने उद्देश्य राखेको छ। मजबुत बनावट, आकर्षक रङहरु, र बहुउपयोगीताका लागि परिचित सफारीले आधुनिक यात्रुहरूका लागि स्टाइलिश र भरपर्दो हार्ड र सफ्ट लगेज, ब्याकप्याक, र ट्राभल एक्सेसरीहरूको सिरिजहरु उपलब्ध गराएको हो।
शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटिया काठमाण्डौमा हाम्रो पहिलो एक्सक्लुसिभ शोरूम सुरु गर्न पाउँदा खुसी लागेको बताए। त्यस्तै, जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारीको सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गर्नु कम्पनीको यात्राको महत्वपूर्ण माइलस्टोन भएको उल्लेख गरे।
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूले सम्पूर्ण खरिदमा सीमित समयका लागि ४० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्। काठमाण्डौ सिटी सेन्टर स्टोरको शुभारम्भले सफारीको टिकाउपन, डिजाइन र मूल्यमा आधारित लगेजद्वारा यात्रुहरूलाई सशक्त बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
अर्थ चौतारी ।