logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाख आफ्नै लगानीमा सडक बनाइदिने

    मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाख आफ्नै लगानीमा सडक बनाइदिने

    2.7K
    SHARES
    मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाख आफ्नै लगानीमा सडक बनाइदिने

    मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले व्यक्तिगत लगानीमा गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालयसम्मको सडक स्ल्याब ढलान गर्न लागेका छन्।



     

    ६ मिटर चौडाइ र २०० मिटर लम्बाइको सडकका लागि शनिबार प्राविधिक जाँचसहित लागत अनुमान तयार गरिएको छ। स्टिमेटअनुसार सडक निर्माणमा करिब २० लाख रुपैयाँ खर्च हुने भएको हो।

     

    एक औपचारिक कार्यक्रममा अध्यक्ष कालाखेतीले केही दिनभित्रै काम सुरु हुने जानकारी दिए। उनका अनुसार जेनजी आन्दोलनपछि गाउँपालिकामा बजेट कटौती हुँदा थुप्रै विकास परियोजना प्रभावित भएपछि स्थानीय आवश्यकतालाई ध्यानमा राखी निजी लगानीमा सडक बनाउन लागिएको हो।

     

    अध्यक्ष कालाखेतीले जनप्रतिनिधि बनेपछि जनताको सेवा–सुविधामा जोड दिँदै सरकारी सवारी सुविधा नलिएको र आफ्नो तलब–भत्ता जनहितमा खर्च गर्दै आएको पनि बताएका छन्। उनले मनहरी–५ मा एक विपन्न परिवारको घर निर्माण गरिदिएको तथा ६ नम्बर वडामा अर्को घर निर्माण भइरहेको जानकारी पनि दिए।


    अर्थ चौतारी
  • आइतबार, ३० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट