logo

२०८२ कात्तिक ३०, आइतबार

logo
  • २०८२ कात्तिक ३०, आइतबार
  • एनपीएल: पहिलो सिजन २७ करोड ६९ लाख नाफा, दाेश्राे भाेलीबाट

    एनपीएल: पहिलो सिजन २७ करोड ६९ लाख नाफा, दाेश्राे भाेलीबाट

    208
    SHARES
    एनपीएल: पहिलो सिजन २७ करोड ६९ लाख नाफा, दाेश्राे भाेलीबाट

    काठमाण्डौ । सोमबारदेखि दोस्रो सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) सुरू हुँदैछ । गत वर्षबाट सुरु भएको एनपीएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

     

    यस सिजन साबिक विजेता जनकपुर बोल्ट्स, उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् । एनपीएलको फाइनल खेल मंसिर २७ मा हुनेछ । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ ।

     

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । लत्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ। क्यानले दोस्रो संस्करणको एनपीएलबाट ४० करोड हाराहारी उठाउने योजना बनाएको छ ।

     

     

    एनपीएलको दोस्रो संस्करणबाट ४० करोड आम्दानी हुन सक्ने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का बताउँछन् । क्यानले प्रायोजक, टिकेटिङ, ओटीटी तथा ब्रोडकास्टिङ प्रसारण अधिकारबाट ४० करोड हाराहारीमा आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ४० लाख, ८ फ्रेन्चाइज टिमका नवीकरण शुल्कबाट ९ करोड, ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख प्राप्त हुनेछ । ओटीटीको ७१ प्रतिशत क्यानले पाउनेछ ।

     

     

    स्थानीय टेलिभिजन टेलिभिजनबाट १ करोड तथा टिकट बिक्रीबाट ८ देखि १२ करोड आम्दानी हुने क्यानको भनाइ छ । ओटीटी सवक्रिब्सन गर्न ३ सय रुपैयाँ लाग्ने छ । ओटीटी र स्टार स्पोर्ट्स क्लिनफिडमा आउने छ। रंगशालामा स्थायी १० हजार र तीन हजार अस्थायी गरी कुल १३ हजार सिट जडान भएका छन् । क्यानले उद्घाटन दिनको टिकट मूल्य एक हजार र १५०० तोकेको छ । फाइनल र प्लेअफका लागि एक हजार र दुई हजार हुने जनाएको छ।

     

     

    पहिलो सिजन गरेको थियो २७ करोड ६९ लाख आम्दानी

    क्यानले पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको थियो । कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको थियो । प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँट गरिएको थियो । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका थिए । राजस्व बाँडफाँटपछिको क्यानको खुद नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको थियो ।

     

     

    दोस्रो सिजनको एनपीएलका ८ टिममा कुन खेलाडी ?

    जनकपुर बोल्ट्स(पहिलो सिजनको विजेता)

    जनकपुर बोल्ट्समा कप्तान अनिल साह (कप्तान/विकेटकिपर), ललित राजवंशी, आसिफ शेख (विकेटकिपर), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी-ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, लाहिरु समरकून, रुपेश सिंह, इमरान ताहिर र मयन यादव छन् ।

     

    सुदूरपश्चिम रोयल्स(पहिलो सिजनको उपविजेता)

    सुदूरपश्चिम रोयल्समा कप्तान दीपेन्द्र सिंह ऐरी , विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

     

    कर्णाली याक्स

    कर्णाली याक्सका कप्तान सोमपाल कामी , गुलसन झा, पवन सर्राफ, विल बोसिस्टो, दीपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), युवराज खत्री, जयकिशन कोलसावाला (विकेटकिपर), म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, दीपेन्द्र रावत, विपिन शर्मा, इमरान शेख, युनिश ठकुरी, मार्क वाट, नाजिबउल्लाह जद्रान र नन्दन यादव रहेका छन्।

     

    लुम्बिनी लायन्स

    लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, सन्दीप जोरा, आदिल खान, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

     

    पोखरा एभेन्जर्स

    पोखरा एभेन्जर्सका कप्तानी कुशल भुर्तेल हुन् भने अन्य खेलाडीमा आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।

     

    विराटनगर किंग्स

    सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्समा लोकेश बम (विकेटकिपर), प्रतीश जीसी, बसिर अहमद, सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।

     

    चितवन राइनोज

    चितवन राइनोजको कप्तान कुशल मल्ल हुन् भने अन्य खेलाडीमा रवि बोपारा, विपिन आचार्य, कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब छन्।

     

    काठमाण्डौ गोर्खाज

    करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाजका अन्य खेलाडीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, सन्तोष यादव, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, नटराजन शाह, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर) छन्।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ३०, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट