काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ। साविकको सामुदायिक लघुवित्त र बीपीडब्लू लघुवित्त मर्ज भएर बनेको संस्थाको हाल संस्थापकको ६१.११ प्रतिशत र सर्वसाधारणको ३८.८९ प्रतिशत स्वामित्व रहेको छ।
कम्पनीले संस्थापक समूहको ८.६५ प्रतिशत शेयर सर्वसाधारण समूहमा सार्ने तयारी गरेको छ। यस परिवर्तनपछि संस्थापकको स्वामित्व ५३.७२ प्रतिशत र सर्वसाधारणको ४६.२८ प्रतिशत हुने कम्पनीले जनाएको छ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेकोले संस्थापक समूहबाट सर्वसाधारणमा जान नचाहनेले ३५ दिनभित्र लिखित निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। सो अवधिभित्र निवेदन नआएमा स्वामित्व संरचना परिमार्जनको प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ।