logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • आर्थिक विकासको आधार: कर सुधार र लगानी प्रवर्द्धन – मन्त्री खनाल

    आर्थिक विकासको आधार: कर सुधार र लगानी प्रवर्द्धन – मन्त्री खनाल

    169
    SHARES
    आर्थिक विकासको आधार: कर सुधार र लगानी प्रवर्द्धन – मन्त्री खनाल

    काठमाण्डौ ।  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणाली सुधार र लगानी प्रवर्द्धनलाई आर्थिक विकासको मुख्य आधारका रूपमा अगाडि सारेका छन्। राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले करदाता र सरकारबीच विश्वास र सहयोगको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए।

    मन्त्री खनालका अनुसार हालैका वर्षमा कर प्रशासनमा पारदर्शिता, सहजता र व्यवसायीको लागत घटाउने कामलाई प्राथमिकता दिइएको छ। उनले सबै नगरपालिकामा करदाता सेवा विस्तार गरिने र अनलाइनमार्फत कर सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था लागू गर्ने तयारी भएको जानकारी दिए।

    उनले आर्थिक अस्थिरता र विविध चुनौतीका बाबजूद निजी क्षेत्रले देखाएको भूमिका र योगदानको प्रशंसा गर्दै समृद्ध अर्थतन्त्र निर्माणमा करदाताको प्रतिबद्धता महत्वपूर्ण रहेको बताए।

    जोखिममा आधारित कर परीक्षण प्रणाली लागू गरिने उल्लेख गर्दै खनालले इमानदार करदातालाई अनावश्यक झन्झट नदिन सरकार प्रतिबद्ध रहेको दोहो¥याए।

    लगानी आकर्षित गर्न दोहोरो कर मुक्तिको सम्झौता तथा लगानी प्रवर्द्धन–संरक्षण सम्झौता जस्ता पहललाई सरकारले तीव्र रूपमा अघि बढाइरहेको पनि मन्त्री खनालले बताए।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट