logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • संवेदनशील विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको सुझाव

    संवेदनशील विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको सुझाव

    1.3K
    SHARES
    संवेदनशील विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको सुझाव

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले संवेदनशील कागजात र विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन सबैलाई सुझाव दिएको छ।



     

    केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो।

     

    राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, अन्य कुनै परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड (एटीएम कार्ड)जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवं विवरण जोकोहीलाई तस्बिर खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, ई–मेल गर्ने तथा त्यस्ता कागजातको फोटोकपी दिनेजस्ता कार्यले संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ।

     

    त्यसैले वित्तीय अपराधको सिकार पनि सक्ने भएकोले त्यस्ता विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन राष्ट्र बैंकले सचेत गराएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट