logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • साताको पहिलो दिन ३९ अंकले बढेको बजारमा कारोबार रकम ६ अर्ब २८ करोड

    साताको पहिलो दिन ३९ अंकले बढेको बजारमा कारोबार रकम ६ अर्ब २८ करोड

    1.6K
    SHARES
    साताको पहिलो दिन ३९ अंकले बढेको बजारमा कारोबार रकम ६ अर्ब २८ करोड

    काठमाण्डौ । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३९ दशमलव ९२ अंके बढेर २६०० को विन्दुमा कायम भएको छ । आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

     

    आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वस्तिक लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चौतारी
  • आइतबार, ७ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट