logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा विशेष छुट

    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा विशेष छुट

    1.4K
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा विशेष छुट

    काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुले काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।



     

    यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

     

    यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चौतारी
  • आइतबार, ७ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट