logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शिव श्री हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

    शिव श्री हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

    1K
    SHARES
    शिव श्री हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

    काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँड गरेको छ।



     

    कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले लिलाम बिक्रीमा राखेको थियो।

     

    बिक्री अवधिभर शेयर खरीदका लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो।

     

    बाँडफाँडको अन्तिम मूल्य सर्वसाधारण समूहतर्फ प्रतिकित्ता १४० रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ। उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।

     

    साथै बाँडफाँडमा नपरेकाहरूको रकम मंसिर ९ गतेदेखि नै आवेदकको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत फिर्ता गर्न थालिसकिएको कम्पनीले जानकारी दिएको छ।

     


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट