logo

२०८२ फागुन २०, बुधबार

logo
  • २०८२ फागुन २०, बुधबार
  • विद्युत् प्राधिकरणले पहिलो किस्ता तिरेका उद्योगीलाई दोस्रो किस्ता बुझाउन पत्राचार

    विद्युत् प्राधिकरणले पहिलो किस्ता तिरेका उद्योगीलाई दोस्रो किस्ता बुझाउन पत्राचार

    1.1K
    SHARES
    विद्युत् प्राधिकरणले पहिलो किस्ता तिरेका उद्योगीलाई दोस्रो किस्ता बुझाउन पत्राचार

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाइसकेका उद्योगीहरूलाई दोस्रो किस्ता तिर्न पत्राचार सुरु गरेको छ। मंगलबारदेखि प्राधिकरणका विभिन्न वितरण केन्द्रहरूले सम्बन्धित उद्योगहरूको नाममा पत्र पठाई दोस्रो किस्ता पनि समयमै बुझाउन आग्रह गरेका हुन्।



     

     

    प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बक्यौता विवाद समाधान उन्मुख भएकाले उद्योगहरूले बाँकी किस्ताहरू पनि नियमित रूपमा बुझाउने अपेक्षा गरिएको छ। “पहिलो किस्ता बुझाउने उद्योगहरूप्रति धन्यवाद व्यक्त गर्दै दोस्रो किस्ता बुझाउन ताकेता गरिएको हो,” सिलवालले बताए।

     

     

    प्राधिकरणले उद्योगहरूको कुल बक्यौतालाई २८ किस्तामा तिर्न सक्ने व्यवस्था गरेको छ। प्राधिकरणको ताकेतासँगै अशोक स्टिल र हुलास स्टिलले दोस्रो किस्ता रकम बुझाइसकेका छन्। अशोक स्टिलले ६३ लाख रुपैयाँ तिरेको छ, भने हुलास स्टिलले ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ।

     

    २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुल बापत ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ। यसमध्ये हालसम्म २३ करोड ८७ लाख रुपैयाँ उठिसकेको छ भने अझै करीब ५ अर्ब ७० करोड रुपैयाँ असुल गर्न बाँकी छ।

     

     

    गत कार्तिकमा बक्यौता नतिरेकाले २५ उद्योगको लाइन काटिएको थियो। त्यसपछि उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए। उच्च तहमा भएको समझदारीअनुसार पहिलो किस्ता ‘धरौटी’ मानिने उल्लेख भए पनि प्राधिकरणले नियमित किस्ता असुली प्रक्रिया अघि बढाएको छ।


    अर्थ चौतारी
  • आइतबार, १४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट