logo

२०८२ मंसिर १५, सोमबार

logo
  • २०८२ मंसिर १५, सोमबार
  • शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ७१ करोडको शेयर कारोबार

    शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ७१ करोडको शेयर कारोबार

    429
    SHARES
    शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ७१ करोडको शेयर कारोबार

    काठमाण्डौ । आज साताको दोस्रो दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेप्से परिसूचक ४ दशमलव २८ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ ।

     

    आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

     

     

    आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १५, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट