logo

२०८२ मंसिर १५, सोमबार

logo
  • २०८२ मंसिर १५, सोमबार
  • चार महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब २१ करोड, नेपाल लाइफ अगाडि

    चार महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब २१ करोड, नेपाल लाइफ अगाडि

    416
    SHARES
    चार महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब २१ करोड, नेपाल लाइफ अगाडि

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (कात्तिक महिना) सम्ममा जीवन बीमा कम्पनीहरूले ६२ अर्ब माथिको व्यवसाय आर्जन गरेका छन् ।

    नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन कम्पनीहरूले १ करोड १४ लाख ९० हजार ४६५ वटा बीमा पोलिसी बिक्री गरी कुल ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

    बीमा कम्पनीहरूले कार्त्तिक महिनामा मात्रै ३ लाख १८ हजार ४०६ वटा बिमा पोलिसी जारी गरी १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

     

    कार्त्तिक मसान्तसम्ममा सबैभन्दा व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले चार महिनाको अवधिमा १७ लाख ९ हजार ५२० पोलिसी बिक्री गरी १७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

     

    दोस्रोमा नेशनल लाइफले १३ लाख ५३ हजार १८ पोलिसी बिक्री गरेर ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ कर्पोरेशन (एलआइसी नेपाल) ले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    कार्त्तिक मसान्तसम्ममा हिमालयन लाइफले ५ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

     

    त्यस्तै, मेट लाइफले २ अर्ब ९ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

    नेपाल लाइफको सबैभन्दा ठूलो व्यवसाय

    चार महिनाको अवधिमा नेपाल लाइफ अग्रस्थानमा रह्यो। कम्पनीले १७ लाखभन्दा बढी पोलिसीبيع गरी १७ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

    दोस्रो स्थानमा रहेको नेशनल लाइफले ७ अर्ब ४७ करोड र तेस्रो स्थानमा रहेको एलआइसी नेपालले ६ अर्ब ४६ करोड बीमाशुल्क संकलन गरेका छन्।

    अन्य कम्पनीहरूको कारोवार

    यही अवधिमा

    हिमालयन लाइफ — ५ अर्ब ६४ करोड

    राष्ट्रिय बीमा कम्पनी — ५ अर्ब ३ करोड

    सूर्यज्योति लाइफ — ३ अर्ब ६४ करोड

    एशियन लाइफ — २ अर्ब ९९ करोड

    सिटिजन लाइफ — २ अर्ब ६६ करोड

    सानिमा रिलायन्स — २ अर्ब २८ करोड

    मेट लाइफ — २ अर्ब ९ करोड

    आइएमई लाइफ — १ अर्ब ९४ करोड

    रिलायबल नेपाल लाइफ — १ अर्ब ८५ करोड

    प्रभु महालक्ष्मी लाइफ — १ अर्ब ८० करोड

    सन नेपाल लाइफ — १ अर्ब ३० करोड

    बीमा प्राधिकरणका अनुसार बीमा क्षेत्रमा व्यापार विस्तार हुँदै गएको र ग्राहक संख्यामा पनि निरन्तर वृद्धि देखिएको छ।

     


    अर्थ चाैतारी
  • २०८२ मंसिर १५, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट