logo

२०८२ मंसिर १५, सोमबार

logo
  • २०८२ मंसिर १५, सोमबार
  • नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

    नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

    13
    SHARES
    नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

    काठमाण्डौ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् ।

     

    प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वसञ्चारमन्त्री समेत रहेका गुरुङले नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताए । गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो । तर जेनजी आन्दोलनका कारण फेरि ती सञ्जालहरू खुला भएका थिए ।

     

    उपमहासचिव गुरुङले विशेष परिस्थितका कारण नियमनमा नरहेका समाजिक सञ्जालहरूलाई हाल खुला गरे पनि कुनै न कुनै दिन अवश्य बन्द हुने दाबी गरे । नेपालमा साना व्यवसाय गर्ने कम्पनी दर्ता गर्नुपर्ने तर अर्बौंको कारोबार गर्ने सामाजिक सञ्जाल दर्ता नहुने भन्ने नहुने उनको तर्क छ ।

    आफूले पटकपटक प्रयास गर्दा पनि ती कम्पनीले नेपाल सानो देश भनेर हेपेको गुरुङको भनाइ छ । दर्ता गर्न १३ महिनाको समय दिए पनि उनीहरूले नटेरेपछि नियमन गर्न आफूले बन्द गरेको उनले बताए । सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको गुरुङको भनाइ छ । आगामी दिनमा नेपालमा दर्ता नभएका कम्पनीहरू बन्दा गर्दा विकल्प दिएर मात्रै बन्द गर्ने उनले बताए । हाल नेपालमा धमाधम वैकल्पिक एपहरू समेत खुल्दै गरेकाले विकल्प दिएर विदेशी कम्पनीहरू राज्यले नियमन गर्नैपर्ने उनको भनाइ छ ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १५, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट