काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आज मङ्सिर २२ गतेदेखि ९७१ बाट सुरु हुने मोबाइल नम्बर प्रदान गर्न सुरु गरेको छ । कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणद्वारा गत जेठ १४ मा ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर प्रदान गर्न अनुमति प्रदान गरेको थियो ।
सोहि अनुसार आजबाट कम्पनीले नयाँ नम्बर रेन्ज ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीले मोबाइल नम्बर / प्रणालीमा आवद्ध भई उपभोक्तालाई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नम्बर रेञ्ज ९७१-XXXXXXX आफ्नो प्रणालीमा इन्टिग्रेट गर्न बाँकी रहेको खण्डमा यथाशिघ्र गर्न अनुरोध गरेको छ।
एनसेलले यस अघि ९८०, ९८१, ९८२, र ९७० बाट सुरु हुने नम्बर प्रदान गरिरहेको थियो । अब नयाँ नम्बर रेन्ज सुरु हुन लागेको हो । नयाँ नम्बरका साथ ग्राहकहरुलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।