logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • खुला प्रतिस्पर्धाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छान्ने, दरखास्त आह्वान

    खुला प्रतिस्पर्धाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छान्ने, दरखास्त आह्वान

    1.4K
    SHARES
    खुला प्रतिस्पर्धाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छान्ने, दरखास्त आह्वान

    काठमाण्डौ । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुला प्रतिस्पर्धाका माध्यमबाट उपकुलपति छनोट गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि उपकुलपति खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने भएको हो ।



     

    मन्त्रालयले सूचना प्रकाशित गर्दै योग्य र इच्छुक उम्मेदवारले ७ दिन भित्र आफ्नो आवेदन पेस गर्न आह्वान गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ तथा प्रतिष्ठानका विभिन्न निकाय र पदाधिकारीका कार्य, कार्यक्षेत्र र अधिकार सम्बन्धी नियमावली, २०७४ मा उल्लेखित योग्यता पूरा गर्ने व्यक्तिहरूले दरखास्त दिन सक्नेछन् ।

     

     

    आवेदन सिंहदरबारस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गर्नुपर्नेछ । आवश्यक कागजातहरूसहित कार्ययोजना तथा सम्बन्धित दस्तावेज संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदन फारम मन्त्रालयको वेबसाइट बाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।

     

     

    समितिले तोकिएको समयसीमाभित्र प्राप्त दरखास्तहरूको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको सूची तयार गरी सिफारिस प्रक्रिया अघि बढाउने जनाएको छ ।


    अर्थ चौतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट