logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • सिद्घार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

    सिद्घार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

    1.3K
    SHARES
    सिद्घार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

    काठमाण्डाै । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त नियुक्ति २०८२ साल पौष २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।



    बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गर्नुभएका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै बहुमूल्य अनुभव आर्जन गरि सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत (Assistant CEO) तथा नायव प्रमुख कार्यकारी अधिकृत ९म्भउगतथ ऋभ्इ०को रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउका थिए ।

    उनले विगत ३६ वर्षको बैंकिङ्ग कार्यकालमा विभिन्न भूमिकामा रहि समग्र बैंक संचालनसम्बन्धी व्यापक अनुभव प्राप्त गर्नु भएको छ । यस क्रममा मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।

    संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ्ग गर्नुपर्छ भन्ने धारणा बोकेका बस्यालको नेतृत्वमा बैंकले दीगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबूत हुने विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २६ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट