logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • बजेटभन्दा धेरै बिमा दाबी हुन थाल्यो, भुक्तानी गर्नसक्ने अवस्था छैनः मन्त्री गौतम

    बजेटभन्दा धेरै बिमा दाबी हुन थाल्यो, भुक्तानी गर्नसक्ने अवस्था छैनः मन्त्री गौतम

    1.1K
    SHARES
    बजेटभन्दा धेरै बिमा दाबी हुन थाल्यो, भुक्तानी गर्नसक्ने अवस्था छैनः मन्त्री गौतम

    काठमाण्डौ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बिमा कार्यक्रमका लागि महिनाको दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले रकम भुक्तानी गर्नसक्ने अवस्था नरहेको बताएकी छन्।



    गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले चालु आवमा बिमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बिमाका लागि बजेट नै नभएको बताइन्।

    उनले बिमाका लागि विनियोजित बजेट भन्दा बढी रकम बिमामा दाबी हुन थालेको बताइन्। असिमित खर्च हुँदै गएकाले बिमाको रिफर्म जरुरी रहेको उल्लेख गरिन्। बिमालाई सुधार गर्न जरुरी रहेको बताउँदै मन्त्री गौतमले त्यसका लागि मन्त्रालयको काम गरिरहेको दाबी गरिन्।

    उनले आफूले बिमाको रकम तत्काल भुक्तानी गराउन निर्देशन दिइसकेको पनि उल्लेख गरिन्। बिमाको भुक्तानी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुने भनिएपनि संघ सरकारले मात्रै अहिलेसम्म हेरिरहेकाले बिमामा एकोहोरो बोझ परिरहेको जिकिर गरिन्।

    उनले भनिन्, ‘बिमामा हामीले के गरेछौँ भने जति बजेट विनियोजन गरिएको थियो, त्यो बजेट भन्दा धेरै बढी बिमाको दाबी हुन थाल्यो। यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो। यो वर्षलाई बिमामा बजेट नै छैन। तर खर्च असिमित हुँदै गयो। महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो। त्यो दिनसक्ने अवस्था छैन।’

    स्वास्थ्यकर कोषमा प्राप्त हुने रकम ऐनले नै २५ प्रतिशत स्वास्थ्य करलाई दिने भनेर किटेको भएपनि अहिलेसम्म प्राप्त गर्न नसकेको बताइन्।

    मन्त्री गौतमले सूर्तिजन्य पदार्थमा उठेको रकममध्ये २५ प्रतिशत रकम प्राप्त गर्दा मात्रै पनि बिमाको आर्थिक संकट ठूलो हदसम्म अन्त्य हुने बताइन्। बिमा अहिलेकै स्वरुपमा नचल्ने भन्दै रिफर गरेर स्वास्थ्य संस्थामा आएका बिरामीलाई मात्रै बिमाबाट सेवा दिनुपर्ने उनको भनाई छ।


    अर्थ चाैतारी
  • विहिबार, १५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट